Ratna Man Shrestha

आजको २१ औ शाताब्दीमा शिक्षाको सर्वोपरी स्थान छ । शिक्षा विनाको जीवन निस्फल हुन्छ । सार्थक जीवनको निमित शिक्षा अपरिहार्य छ । अतः वर्तमान शिक्षा मानव जीवन बनेको छ । शिक्षा जीवन पर्यन्त र निरन्तर संचालन हुने प्रक्रिया हो । जीवनको हरेक अनुभूतिबाट ज्ञान प्राप्त गर्न सकिन्छ । प्राप्त ज्ञान र शिक्षा तवमात्र सफल मान्न सकिन्छ जब व्यवहार परीवर्तन देखिन्छ । मानवको जीवनमा परिवर्तन हुन सक्नुपर्दछ शिक्षा आर्जनबाटहरेक क्रियाकलाप असल परिणतिमा पु¥याउनको निमित उपयुक्त योजना र सफल कार्यन्वयनमा निर्भर गर्दछ । सदरमुकाममा अवस्थित रहेर प्रचुर उपलब्धि हासिल गर्न नसक्नुको पछाडि योजना विनाको लक्ष्य हो । चौतर्फी सम्भावनाहरु हुदाहुदै पनि दृढ इच्छा शक्तिको अभावले पनि परोक्ष अपरोक्ष प्रभाव पारेको छ ।
निशुल्क तथा अति न्यूनतम शुल्कमा स्तरीय शिक्षा प्रदान गर्ने हेतुले कक्षा १२ सम्म स्थापना गरी सुसंचालन गरिएको छ । थोरै समयमा नै यस विदालय जिल्ला कै आकर्षणको केन्द्र पनि बन्न सफल भएको छ । जिल्लामा सर्बाधिक विद्यर्थी बनाउन र उर्तिण गराउज सफल यस विद्यालयमा यस शैक्षिक सत्र २०६८ बाट २१औं शताब्दिको माग अनुसारको विज्ञान बिषय समेत सञ्चालन गरिएको छ । सीमित श्रोत र साधनले हाम्रो लक्ष्य हासिल गर्न सर्वथा कठिनाई भैरहेको अनुभूति भएको छ । विशेष गरि शैक्षिक गुणस्तर कायम गर्नको लागि यस विद्यालयले विद्यार्थी ,अभिभाबकको माग बमोजिम कक्षा १ देखिनै अंग्रेजी माध्यमलाई विशेष महत्व दिई हाल कक्षा ५ सम्म पुर्ण रुपमा र कक्षा ६ देखि १० सम्म आंशिक रुपमा अंग्रजी माध्यमबाट शिक्षण सिकार्ए क्रियाकलाप संञ्चालन गर्दै आईरहेको छ। विपन्न वर्गको आस्थाको केन्द्र वनेको यस विद्यालय असीमित आवश्यकतालाई परिपूर्ति गर्दै वामे सर्न क्रम चुनौती भने निश्चयनै छैन । समाजका सवै वर्गले शिक्षाको स्तरियतालाई विना सर्त स्वीकार्नु पर्दछ विद्यालयले अघि सारेको लक्ष्यतर्फ सवैको सद्भाव र सहयोग रहन सकेको खण्डमा लक्ष्य चुम्न निश्चय नै असम्भव छैन । यस विद्यालयलाइ देश विदेशमा समेत चिनाउनको लागि समय सापेक्ष परिवर्तनहरु गर्दै लगिएको छ त्यसैको परिणाम स्वरुप शैक्षिक सत्र २०७३ बाट प्राविधिक तथा ब्याबसायिक धार अन्तर्गत कक्षा ९ बाट सिभिल इन्जिनियरको अध्यापन कार्य संचालन गरी यस विद्यालयलाइ समायानुसार परिवर्तन गर्न खोजिएको छ ।