जनविकास माद्यमिक विद्यालयको परिचय

जनविकास मद्यमिक विद्यालय एक स्वतन्त्र सह–शैक्षिक संस्था हो जसले स्कूल स्तरिय र कक्षा ११–१२ मा विज्ञान, व्यवस्थापन, मानविकि र शिक्षा जस्ता विविध पठ्यक्रमहरु प्रदान गर्दछ । वि.सं. २०३३ सालमा स्थापना भएको यस विद्यालय गुणस्तर शिक्षा, संस्थागत बृद्धि, नविनतम शिक्षण र विद्यार्थी केन्द्रित नीतिहरु, कार्यक्रम र रणनीतिहरको लागि परिचित छ । जनविकासले आफ्नो विद्यार्थिहरु वैदिक तथा व्यवहारिक क्रियाकापलाई मध्यनजर गरि शिक्षण सिकाईलाई अगाडी सार्दै आएको छ ।

यस विद्यालयले सामुदायिक विद्यालयको रुपमा वेसिशहरको शैक्षिक क्षेत्रमा एक प्रमुख स्थान ओगटेको छ । आरामदायक कक्षा कोठा, पर्याप्त भौतिक सुविधाहरु सहित बैज्ञानिक र भुकम्प प्रतिरोधात्मक भवनको अतिरिक्त विद्यालयमा शुद्ध पिउने पानी, पुस्तकालय, इमेल–इन्टरनेट सहितको कम्प्युटर कक्ष, आधुनिक विज्ञान प्रयोगशालाको प्रवन्ध छ । 

वास्तवमा हामी विज्ञान र प्रविधिको युग र समाजको अवस्थित विश्वास र परम्परा बिचको अन्तरका बारे अवगत छौं, त्यसैले यस विद्यालयले भविष्यको ख्याल गरि मार्गदर्शन स्वरुप आफ्नो लक्ष्य चयन गरेको छ ।

विद्यालयमा संचालित कार्यक्रम

  • बालविकास कक्षा देखि कक्षा ५ सम्म पूर्ण रुपमा र कक्षा ६ देखि १० मा आंशिक रुपमा अंग्रेजी माध्यबाट सिकाइ क्रियाकलाप गरिएको 
  • प्राथमिक तहमा बालमैत्री कक्षा व्यबस्थापन गरिएको
  • हरेक महिना अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने गरिएको 
  • प्रत्येक दिन प्रार्थनाको समयमा बिद्यार्थीको तह अनुसार प्रश्न सोधी पुरस्कार प्रदान गरिने गरिएको 
  • कक्षा खाली नहुने व्यबस्था गर्नुको साथै विद्यार्थी परिचालन गरी सहपाठी सिकाइ वाताबरण सिर्जना गरिएको 
  • बिद्यार्थीहरुलाई गृहकार्य गर्न गराउन बिद्यार्थी डायरीको व्यबस्था गरिएको 
  • विद्यार्थीको पोशकमा एकरुपता ल्याउन सर्ट, पाइन्ट, टाई, जुत्ता, मोजा, बेल्ट आदिको व्यबस्था गरिएको
  • बिद्यालयले विभिन्न जिल्ला स्तरीय कार्यक्रमहरुमा सहभागी गराएको 
  • प्राथमिक तहको लागि व्यबस्थित बनाउन भिन्दै ब्लकको व्यबस्था गरी घेराबार लागाइएको 
  • बाल क्लब र जु.रे.श.लाई सकृय बनाइएको 
  • भित्ते पत्रिका प्रकाशनको लागि कार्य आगाडि बढाइको
  • बिद्यालय समय १०ः० खेखि ४ः१० बनाइ शिक्षण सिकाइलाई थप समय प्रदान गरिएको 
  • हरेक विषयहरुको सिकाइ उपलब्धिको विश्लेष गरी शैक्षिक सूचकहरु निर्माण गरिएको 
  • बिज्ञान विषयलाई प्रयोगात्म रुपमा शिक्षण सिकाइको थालनी गरिएको
  • कक्षाहरुमा सेतोपटीको व्यबस्था गरी बोर्ड मार्कर प्रयोगको थालनी गरिएको
  • विद्यार्थीका जिज्ञासाका लागि जिज्ञासा पेटिको ब्यवस्था गरिएको
  • आधुनिक विज्ञान प्रयोगशालाको ब्यवस्था गरिएको
  • गरिव तथा अल्पसख्यक समुदायलाई मध्यनजर गर्दै शै.स. २०७३ बाट प्राविधिक धार तर्फको शिक्षा सिभिल इन्जििनियरिङको पढाई शुरु गरिएको 
  • शिक्षक तथा कर्मचारीहरुको विद्युतिय हाजिरीको ब्यवस्था यसै शै. स.२०७५ बाट थालनी