विद्यालयको परिचय  ऐतिहासिक पृष्ठभुमि

लमजुङ जिल्ला अन्तरगत वेशिशहर नगरपालिका वडा नं. ७ त्रिवेणीटोल (देउपूजे) मा  अवस्थित यस विद्यालय वि.स. २०३३ साल पौष ८ गते चण्डिडाडाँबाट यस स्थानमा स्थानान्तरण गरि पहिला कक्षा ४ देखि ८ सम्म संञ्चालन गरिएकोमा पछि कक्षा १ देखि ३ गरि नि. मा.वि. तह संञ्चालन गरिएको, वि.स. २०३५।९।५ देखि माध्यमिक कक्षा संञ्चालन भएको र वि.ब्यं.सं, शिक्षक, तथा अभिभावकको सक्रियतामा  वि.स. २०६१ आषढ ३० गतेबाट उ.मा.वि.(११,१२) संञ्चालन भयो । यस विद्यालयमा वि.स. २०६६ सालबाट खुला माध्यमिक विद्यालय संचालन गरी कक्षा ८ उत्र्तीण गरी बसेका तथा माध्यमिक बिद्यालय शिक्षाबाट बन्चित विद्यार्थीहरुले आफ्नो अध्ययन कार्यलाई निरन्तरता दिने जमर्को गर्न सजिलो बनाएको छ । शैक्षिक सत्र २०६८ बाट कक्षा ११ मा विज्ञान विषयको पढाई समेत संचालन गरिएको र त्यसैगरी वर्तमान समयको माग अनुसार देशमा शिक्षित बेरोजगार चरम सिमामा फैलिएको कुरालाई मध्यनजर गर्दै वि.स. २०७३ साल बैशाखबाट प्राविधिक शिक्षा अन्र्तगत कक्षा ९ बाट सिभिल इन्जिनियरिङ विषयको पढाई शुरुवात गरिएको र वि.स. २०७५ श्रावनबाट कक्षा ११ मा अध्ययन अध्यापन कार्य संचालन गरिएको छ । यसले सर्वसाधारण अभिभावकहरुको कमजोर आर्थिक अवस्था र विद्यार्थीको इच्छालाई केही हदसम्म पुरा गर्ने आशा गरिएको छ । यस क्षेत्रका  स्थानिय वुद्धिजिवि, समाजसेवीहरूको पहलमा खोलिएको यस विद्यालयमा हाल १३ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

भौगोलिक अवस्था
यस श्री जनविकास माध्यमिक विद्यालयको भौगालिक अवस्थिति नेपाल अधिराज्यको प्रदेश नं. ४ को लमजुङ जिल्लाको सदरमुकाममा रहेको बेसीशहर नगरपालिका वार्ड नं. ७, देउपुजे अर्थात त्रिवेणी टोलमा अवस्थित छ । बेसीसहर नगरपालिका लमजुङ जिल्लाका ८ वटा स्थानिय तहहरुमध्ये बेससिहर नगरपालिका एक हो । यसको उत्तरमा मस्र्याङदी गाउपालिका, दक्षिणमा सुन्दरबजार नगरपालिका, पूर्वमा दार्दी गाउपालिका र पश्चिममा क्व्होलासोथार गाउपालिका र मध्यनेपाल नगरपालिकासग जोडिएको छ ।
लमजुङ जिल्लाको सदरमुकाम वेसीशहरको वडा नं. ७ को देउ पुजे भन्ने स्थानमा रहेको यस मा.वि.को पूर्वमा रण वहादुर अधिकारी जग्गा, पश्चिममा विभिन्न व्यक्तिहरुको घर उत्तरमा जिल्ला पशु सेवा कार्यलय र दक्षिणमा चिरञ्जीवी पौडेल लगायतकाको घर र जग्गा पर्दछन् ।

विद्यालय रहेको समुदायको बनोट

        कुनैपनि विदयालय समाज विना पानी विनाको माछो जस्तो बन्छ त्यसकारण यस श्री जन विकास मा.वि. र यहाको समुदायविच पनि घनिष्ठ एवं निकटतम सम्बन्ध रहेको कुरा जानकारी हुन्छ किनकी जुनसकै समुदायमा रहेका विभिन्न सघ सस्थाहरु त्यहाको समुदायको माया र ममता नपाएमा संस्था अगाडी बढ्न र हुर्कन पक्कै पनि कठिन छ । त्यसैले गर्दा पनि होला यस विदयालय र यँहाको समुदाय विचका सम्वन्ध पनि राम्रो छ । यस विदयालयमा अध्ययन गर्ने सवैजसो विदयार्थी गुरुङ  समुदायका छन् । अन्यमा मगर , नेवार, राइृ, तमाङ, ब्राहमण, क्षेत्री, दमाई, कामी लगायतका जातीहरु अध्ययन गर्दछन् र यी सवै समुदायका धर्म, सस्कार, परम्परा, र चाडपर्वहरुमा पनि विदयालयको प्रत्यक्ष अप्रत्यक्ष रुपमा सकरातमक सम्बन्ध रहिआएको छ ।


विद्यालयको सेवा क्षेत्र

        यस  मा.वि.को सेवा क्षेत्रमा सामान्यतया वेसीशहर नगरपालिकाका गाउँशहर गा.वि.स. बाँझखेत गा.वि.स. चण्डीस्थान गा.वि.स. र वाग्लुङपानी गा.वि.स. रहेता पनि समष्ठिगत रुपमा हेर्दा वर्तमान समयमा बेसीसहर नगरपालिका तथा जिल्ला सम्पूर्ण नै सेवा क्षेत्रभित्र पर्दछ ।

Features

  • बालविकास कक्षा देखि कक्षा ५ सम्म पूर्ण रुपमा र कक्षा ६ देखि १० मा आंशिक रुपमा अंग्रेजी माध्यबाट सिकाइ क्रियाकलाप गरिएको 
  • जि.शि.का.बाट बालविकास कोटा प्राप्त गरी सञ्चालनमा ल्याइएको
  • प्राथमिक तहमा बालमैत्री कक्षा व्यबस्थापन गरिएको
  • बार्षिक क्यालेण्डर निर्माण गरी प्रयोगमा ल्याइएको 
  • हरेक महिना अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने गरिएको 
  • प्रत्येक दिन प्रार्थनाको समयमा बिद्यार्थीको तह अनुसार प्रश्न सोधी पुरस्कार प्रदान गरिने गरिएको 
  • कक्षा खाली नहुने व्यबस्था गर्नुको साथै विद्यार्थी परिचालन गरी सहपाठी सिकाइ वाताबरण सिर्जना गरिएको 
  • बिद्यार्थीहरुलाई गृहकार्य गर्न गराउन बिद्यार्थी डायरीको व्यबस्था गरिएको 
  • विद्यार्थीको पोशकमा एकरुपता ल्याउन सर्ट, पाइन्ट, टाई, जुत्ता, मोजा, बेल्ट आदिको व्यबस्था गरिएको
  • बिद्यालयले विभिन्न जिल्ला स्तरीय कार्यक्रमहरुमा सहभागी गराएको 
  • प्राथमिक तहको लागि व्यबस्थित बनाउन भिन्दै ब्लकको व्यबस्था गरी घेराबार लागाइएको 
  • बाल क्लब र जु.रे.श.लाई सकृय बनाइएको 
  • भित्ते पत्रिका प्रकाशनको लागि कार्य आगाडि बढाइको
  • बिद्यालय समय १०ः० खेखि ४ः१० बनाइ शिक्षण सिकाइलाई थप समय प्रदान गरिएको 
  • हरेक विषयहरुको सिकाइ उपलब्धिको विश्लेष गरी शैक्षिक सूचकहरु निर्माण गरिएको 
  • बिज्ञान विषयलाई प्रयोगात्म रुपमा शिक्षण सिकाइको थालनी गरिएको
  • कक्षाहरुमा सेतोपटीको व्यबस्था गरी बोर्ड मार्कर प्रयोगको थालनी गरिएको
  • विद्यार्थीका जिज्ञासाका लागि जिज्ञासा पेटिको ब्यवस्था गरिएको
  • आधुनिक विज्ञान प्रयोगशालाको ब्यवस्था गरिएको
  • गरिव तथा अल्पसख्यक समुदायलाई मध्यनजर गर्दै शै.स. २०७३ बाट प्राविधिक धार तर्फको शिक्षा सिभिल इन्जििनियरिङको पढाई शुरु गरिएको 
  • शिक्षक तथा कर्मचारीहरुको विद्युतिय हाजिरीको ब्यवस्था यसै शै. स.२०७५ बाट थालनी
0 +
Students Enrolled
0 +
Courses Uploaded
0 +
People Certifie
0 +
Global Teachers

What Students Say

 

Feedback

Prabin Adhikari (Pilot)

“Education is the ability to listen to almost anything without losing your temper or your self-confidence”- Robert Frost

In the society where studying in expensive private school is considered swanky, I joined Jana Bikash breaking the stereotype. The friendly and academic environment of Jana Bikash not merely nurtured my knowledge but also groomed my personality.

I still remember the day I joined Jana Bikash. I could barely stand for a minute and talk to people. The opportunity provided by Jana Bikash to Participate in numerous social events helped me develop my leadership, social and communication skills. Similarly, the experienced and well trained teachers of school always nourished me with their academic brilliance. Moreover, The ECAs conducted by school assisted me for my sound physical and mental well being.

The Facility of this institution is not less than any reputed institution.

I would love to share the credit of my academic success with Jana Bikash family. The love and support from Jana Bikash motivated me to chase my goal.

The skills and knowledge gained from this school are always applicable in my life whilst soaring the azure sky and climbing the stairs of success in my life, I can proudly claim that I am the product of Jana Bikash Higher Secondary School.

Bipana Gurung (Doctor)

“One child, One teacher, One book, One pen can change the world” Malala Yousafzai

Hello Everyone,

What do I say about my school life? There are things in our life that might not be easy to forget, a triumphant match, a school reunion, the first time we are wronged by our teachers and parents, a time we have to choose between our conscience and desires and so on. For me, my school life has been incredibly great and my schools, Jana Bikash have nurtured me to evolve from a caterpillar to a butterfly.

School, a place that imparts not just knowledge and wisdom, a place that gives not just power but the ability to handle those power. My School,  Jana Bikash, itself could be considered simply as one of the buildings but it is so much more than just high walls and big ground. My school is garden, that planted me as a seed and allowed me to grow in the best positive way possible. My school helped me to shape the behavioural character, root values, moral values as well as the physical and mental abilities. Qualified and experienced teachers provided us with adequate knowledge and skills. Opportunities to participate in different extracurricular activities directly influenced my personality development. Motivation from our teachers to indulge in more precise research activities, helped me to learn valuable aspects of life.

“Bipana, Bidesh Gayera doctory padhna parxa hai” those lines from school family are the driving force for me to do continuous hard work to thrive for excellence and success. Schooling life always carries a significant importance in the life of an individual, so i would love to share the credit of my academic success with Jana Bikash family and can proudly claim that I’m the product of Jana Bikash Secondary School.